Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लागूऔषध र खुकुरीसहित एक जना पक्राउ

विराटनगर । लागूऔषध र घरेलु हतियार खुकुरीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका–९ का २६ वर्षीय विवेक चौधरी रहेका छन्।

अस्थायी प्रहरी पोस्ट बलियाबाट खटिएको टोलीले सुन्दरहरैँचा नगरपालिका–५ खोक्सीस्थित बूढी खोलानजिकबाट उनलाई पक्राउ गरेको हो ।

मोरङ प्रहरीका अनुसार चौधरीको साथबाट लागूऔषध फेनारगन ८ एम्पुल, एभिल र लुपिजेसिक ४र४ एम्पुल, नाइट्राभेट ५२ पिस र भरेको सिरिन्ज एउटा बरामद भएको छ।

उनको साथमा खुकुरीसमेत भेटिएको थियो। शंका लागेर चेकजाँच गर्दा चौधरीको साथबाट लागूऔषध र खुकुरी बरामद भएको मोरङ प्रहरीले जनाएको छ ।

चौधरीलाई इलाका प्रहरी कार्यालय बेलबारीको हिरासतमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077