Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सात बोरा सालकको खपटासहित २ जना पक्राउ

    सात बोरा सालकको खपटासहित २ जना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १३ पुष २०८०
  • 621
    SHARES

    संखुवासभा । प्रहरीले ठूलो परिणामा बन्यजन्तु सालकको खपटासहित दुई जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा भोटखोला गाउँपालिका– २ च्याम्ताङका ३५ वर्षीय छिरिङ भोटे र डेमा थिकेपा छन् ।



    संखुवासभाको उत्तरी क्षेत्रबाट चीनतर्फ लैजादै गरेको अवस्थामा सात वटा बोरामा राखिएको २ सय आठ किलो ७६ ग्राम सालकको आखेटोपहार बरामद गरेको हो ।



    तस्करको समूहले चीनतर्फ लैजादै गरेको अवस्थामा सालकको खपटा बरामद गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

    बोरा बोकेर पैदल बाटो उकालोतर्फ जाँदै गरेको समूह प्रहरीलाई देखेपछि बोरा फालेर भागेको थियो ।

    बोरा फालेर मान्छे भागेपछि चेक गर्दा प्रहरीले खपटा बरामद गरेको थियो ।

    त्यसपछि भाग्ने मानिसको खोजी गर्ने क्रममा बिहीबार बिहान छिरिङ भोटेलाई पक्राउ गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार