Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • प्रहरीमाथि कुटपिट गरेको आरोपमा तीन जना पक्राउ

    प्रहरीमाथि कुटपिट गरेको आरोपमा तीन जना पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, ६ असोज २०८०
  • 2.7K
    SHARES

    फाइल तस्विर

    संखुवासभा । प्रहरीमाथि कुटपिट गरेको आरोपमा ३ जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा संखुवासभाको पाँचखपन नगरपालिका-७ बिहीबारेका महेश कटुवाल, वसन्त कटुवाल र विष्णु कटुवाल रहेका छन् ।



    उनीहरुले इलाका प्रहरी कार्यालय बानाबाट ड्युटीमा खटिएका प्रहरीमाथि कुटपिट र दुर्व्यवहार गरेका थिए । हातपातबाट इप्रका बानाका प्रहरी हवल्दार सन्तोष राई घाइते भएका छन् ।



    प्राथमिक स्वास्थ्य केन्द्र बानामा उपचार हुन नसकेपछि उनलाई संखुवासभा जिल्ला अस्पताल ल्याइएको छ । बिहीबारे बजारमा मादक पदार्थ सेवन गरी होहल्ला गरिरहेको भन्ने खबर स्थानीयले गरेपछि प्रहरी टोली खटिएको थियो ।

    पक्राउ परेका तीनै जनालाई ७ दिन म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । घटनामा संलग्नलाई मुलुकी फौजदारी कार्यविधिसंहिता २०७४ बमोजिम अनुसन्धान गरेर कारबाही प्रक्रिया अघि बढाउने तयारी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार