Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • संखुवासभामा बसले किचेर सहचालकको मृत्यु

    संखुवासभामा बसले किचेर सहचालकको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, ६ चैत्र २०८०
  • 279
    SHARES

    फाइल तस्विर

    संखुवासभा । संखुवासभाको जिरो प्वाइन्टस्थित चैनपुर नुनढाकी सडकखण्डमा बसको चक्काले किचेर सहचालकको मृत्यु भएको छ ।

    धनकुटा नगरपालिका–६ पात्लेखोला का ३० वर्षीय मनोज खड्काको बसले किचेर मंगलबार मृत्यु भएको हो ।



    मंगलबार बिहान साढे ७ बजे नुनढाकीबाट इटहरी जाँदै गरेको को १ ख ३०७७ नम्बरको बसको ढोकाबाट झर्दा बसको पछाडिको चक्काले किचेर सहचालक खड्का गम्भीर घाइते भएका थिए ।



    उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    बस धनीसमेत रहेका धनकुटाको साँगुरीगढी गाउँपालिका–१ का ३३ वर्षीय चालक कुमार उपाध्यायलाई इलाका प्रहरी कार्यालय चैनपुरले नियन्त्रणमा लिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार