Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सन्दीपले तत्काल कैद बस्नु नपर्ने, पुनरावेदन गर्न सक्ने !

काठमाडौं । बलात्कार मुद्दामा दोषी ठहर भए पनि क्रिकेटर सन्दीप लामिछानेले तत्काल कैद बस्नु नपर्ने भएको छ । उनले थुनाबाहिरै रहेर पुनरावेदन गर्न पाउने भएका छन् ।

पीडित भनिएकी किशोरी गौशाला २६ लाई जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले बालिक ठहर गरेपछि दोषी मानिए पनि सन्दीपको सजायको मात्रा कम हुने भएको छ ।

पीडित किशोरी बालिक भएको ठहरपछि सन्दीपका लागि अब पुस २५ मा हुने अर्को सुनुवाइका क्रममा कम्तीमा ७ देखि १० वर्ष सजाय निर्धारण हुन सक्छ।

अब मुलुकी फौजदारी अपराध संहिता २०७४ को २१९ को उपदफा ३ (ङ) अनुसार सन्दीपलाई सजाय तोकिनेछ। उक्त दफामा पीडित महिला १८ वर्ष वा सोभन्दा बढीकी भएमा ७ देखि १० वर्ष कैद सजाय हुने उल्लेख छ।

१० वर्षभन्दा कम सजाय तोकिएका मुद्दामा प्रतिवादीले थुनाबाहिरै रहेर उच्च अदालतमा पुनरावेदन गर्न पाउने कानुनी व्यवस्था छ।

१० वर्षभन्दा कम सजाय निर्धारण हुने भएकाले अब सन्दीपले तत्काल कैद बस्नु नपर्ने र बाहिरै बसेर पुनरावेदन गर्न पाउनेछन् । अब लामिछानेले यो फैसलाको विरुद्धमा उच्च अदालत, पाटनमा पुनरावेदन गर्न सक्छन् । उनले जेल नजाँदै पुनरावदन गर्न सक्नेछन् । फैसलाको पूर्णपाठ आएपछि सन्दीपले पुनरावेदनको मौका पाउने छन् ।

पूर्णपाठ बुझेको ७० दिनभित्र पुनरावेदन गर्न सक्ने कानूनी प्रावधान छ । २५ गतेको पेशीमा सजाय निर्धारण गरेपछि फैसलाको पूर्णपाठ तयार गरिन्छ । उक्त पूर्णपाठ सन्दीपले बुझेको ७० दिनभित्र उनले पुनरावेदन गर्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077