काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले आयातित कृषि उपजमा सिजन अनुसारको भन्सारदर तोक्न निर्देशन दिएको छ ।
शुक्रबार बसेको समितिको बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपन्छी विकास र अर्थ मन्त्रालयलाई विदेशबाट आयात हुने कृषि उपजमा सिजन अनुसारको भन्सारदर कायम गर्न निर्देशन दिएको हो ।
नेपालमा उत्पादन भएका वस्तुले आयातित वस्तुका कारण बजार नपाएको भन्दै समितिकी सभापति डा। आजु राणाले सिजन अनुसारका भन्सारदर कायम गर्न मन्त्रालयहरूलाई निर्देशन दिएकी हुन् ।
कतिपय खाद्य वस्तु स्वास्थ्यलाई नै असर गर्ने पनि भन्सार पास भएर आउने भएकाले त्यसलाई रोक्न पर्ने सभापति राणाले बताइन् ।