Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सातै प्रदेशका मुख्यमन्त्रीहरूले आज प्रधानमन्त्री प्रचण्डलाई भेट्दै

काठमाडौं । सातै प्रदेशका मुख्यमन्त्रीहरूले आज प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई भेट्ने भएका छन् ।

उनीहरु बिहान ८ बजे प्रधानमन्त्री प्रचण्डसँग भेटेर आफ्ना मागहरू राख्न लागेका हुन् ।

शुक्रबार हेटौंडामा सम्पन्न ‘अन्तर प्रदेश मुख्यमन्त्री बैठक’ ले प्रधानमन्त्रीसँग भेटेर छलफल गर्ने निर्णय गरेको थियो ।

केन्द्र सरकारले आवश्यक कानुन बनाएर अधिकार हस्तान्तरण नगरेको भन्दै सातै प्रदेशका मुख्यमन्त्रीहरू हेटौँडामा भेला भएका थिए ।

बिहीबारबाट शुरू भएको भेलामा प्रदेश र स्थानीय तहका विज्ञहरू समेत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077