Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री कप : सुदूरपश्चिमसँग गण्डकी पराजित

काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेश सुदूरपश्चिम प्रदेशसँग २४ रनले पराजित भएको छ ।

१ सय २८ रनको लक्ष्य पाएको गण्डकीले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा १ सय ३ रन मात्र बनाउन सक्यो।

गण्डकीका लागि सुमन खतिवडाले नटआउट रहँदै ४८ बलमा ४९ रन बनाए पनि टोलीलाई जीत दिलाउन सकिनन् ।

ओपनर सिमाना केसी १९ रन बनाएर रिटायर्ड हर्ट भइन् भने सिर्जना पौडेल र ज्यात्सिनिका मारासिनीले १५–१५ रनको योगदान दिए ।

सुदूरपश्चिमका लागि रितु कनौजिया र लक्ष्मी साउदले १–१ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय २७ रन बनाएको थियो ।

टोलीका लागि सम्झना खड्काले सर्वाधिक २६ रन बनाइन् भने कप्तान रितुले २१ रनको योगदान दिइन् । रनआउट हुनअघि रेवती धामीले १८ तथा लक्ष्मी साउदले १६ रन बनाइन् ।

सुदूरपश्चिमले २० रन एक्सट्रा पाएको थियो । जुन रन खेलमा निर्णायक बन्यो । गण्डकीका लागि कुसुम गोदार र रचना चौधरीले २–२ विकेट लिइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077