Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • बालुवाटारमा आकस्मिक मन्त्रिपरिषद् बैठक

    बालुवाटारमा आकस्मिक मन्त्रिपरिषद् बैठक

    अनलाइन नेपाल
  • शनिबार, १४ पुष २०८०
  • 597
    SHARES

    काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु भएको छ ।

    शुक्रबार बालकुमारीमा २ जना युवकको मृत्यु भएको घटनाबारे छलफल र निर्णय गर्न प्रधानमन्त्रीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका हुन्।



    बैठकमा शुक्रबार बालकुमारी भएको प्रदर्शनका विषयमा छलफल तथा मृतकको परिवारलाई राहत दिने विषयमा निर्णय हुने बताइएको छ ।



    शनिबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित सुरक्षा निकायका प्रमुखहरूबिच बालकुमारी घटनाको विषयमा छलफल भएको थियो ।

    बैठकले प्रदर्शनका क्रममा ज्यान गुमाएका अछामका वीरेन्द्र शाह र दैलेख सुजन रावतको परिवारलाई राहत स्वरूप १०–१० लाख रुपैयाँ दिने निर्णय गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार