Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • सन्दीप लामिछाने न्यायका लागि उच्च अदालत जाने

    सन्दीप लामिछाने न्यायका लागि उच्च अदालत जाने

    अनलाइन नेपाल
  • शनिबार, १४ पुष २०८०
  • 969
    SHARES

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने थप कानुनी उपचारका लागि उच्च अदालत जाने भएका छन् ।

    जिल्ला अदालत काठमाडौंले शुक्रबार जबरजस्ती करणीको मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई दोषी ठहर गरेको थियो ।



    जिल्ला अदालतको आदेशपछि सन्दीपका वकिल सरोज कृष्ण घिमिरेले जिल्लाको फैसला चित्त नबुझेको भन्दै थप कानुनी उपचारका लागि उच्च अदालत जाने बताएका हुन् ।



    जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले किशोरी साबालिग रहेको ठहर गरेको थियो ।

    सन्दीपका वकिल घिमिरेले काठमाडौं जिल्ला अदालतले सजाय निर्धारणलगत्तै यथासम्भव छिटो फैसलाको पूर्णपाठ तयार पारी उपलब्ध गराउने विश्वास व्यक्त गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार