Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नागरिकको हत्या गर्ने सरकारको कदम दुःखद, घटनाको सत्यतथ्य छानबिन होस् : जसपा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले बालकुमारी घटनाको सत्यतथ्य छानबिन र दोषीमाथि हदैसम्मको कारबाही गर्न माग गरेको छ ।

रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षामा आवेदन दिन पाउनुपर्ने माग गर्दै युवाले शुक्रबार बालकुमारीमा गरेको प्रदर्शनका क्रममा दुईजनाको मृत्यु भएको थियो ।

शनिबार विज्ञप्तिमार्फत जसपाले मुलुकभित्र रोजगारी सिर्जना गर्न नसक्नु राज्यको कमजोरी भएको ठहर गरेको छ । रोजगारको माग गर्ने युवामाथि दमन र नागरिकको हत्या गर्ने सरकारको कदम दुःखद भएको विज्ञप्तिमा उल्लेख छ ।

पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन र घाइतेको स्वास्थ्योपचारको व्यवस्था मिलाउन समेत जसपाले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077