Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

केन्द्रीय कार्यसमिति बैठकले पार्टीलाई चलायमान बनाएको छ : आरजु राणा

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य डा‍‍. आरजु राणा देउवाले चाँडोचाँडो बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीलाई चलायमान बनाएको बताएकी छिन् ।

शनिबार कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै उनले यस्तो बताएकी हुन् ।

उनले भनिन्, ‘‘चाँडोचाँडो केन्द्रीय समिति बैठक बसेको देख्दा खुसी लागेको छ । यसले पार्टीलाई चलायमान बनाएको छ ।’’

उनले कांग्रेसले जनतामाझ गएर जनताको काम गरिराखेको बताइन् । पार्टीमा भएका समस्या घरभित्रको भएकाले त्यसलाई बसेर सुल्झाउन सकिने उनको भनाई छ ।

उनले शुक्रबार ललितपुरको बालकुमारीमा भएको घटनाप्रति दुःख व्यक्त गरिन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077