Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

राष्ट्रियसभा सदस्य चुनाव : अवसर नपाएकालाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभा सदस्यको निर्वाचनमा उम्मेदवार छनोट गर्दा अहिलेसम्म अवसर नपाएका व्यक्तिहरूलाई प्राथमिकता दिने भएको छ ।

शनिबार सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले पार्टीमा लामो समयसम्म योगदान पुर्‍याएका, तर अवसर नपाएका नेताहरूलाई प्राथमिकतामा राखेर उम्मेदवार बनाउने निर्णय गरेको हो ।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा पार्टीमा पटक-पटक अवसर पाएका, गत निर्वाचनमा उम्मेदवार भएर पराजित भएका तथा समानुपातिकतर्फ उम्मेदवार बनेका नेताहरुले चाह देखाएपछि बैठकमा नेताहरुले नयाँ अनुहारलाई अवसर दिनुपर्ने माग गरेका थिए ।

केन्द्रीय सदस्यहरुको दबाबपछि बैठकले अवसर नपाएका नेताहरुलाई प्राथमिकतामा राख्ने निर्णय गरेको बताइएको छ ।

‘राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवार छनोट गर्दा लामो समयसम्म योगदान गरेका, तर अहिलेसम्म कुनै पनि अवसर नपाएका व्यक्तिहरूलाई प्राथमिकता दिने भन्ने निर्णय भएको छ, साथै, भूगोल, क्षेत्र र समुदायलाई पनि समेटेर उम्मेदवार बनाउने भन्ने निर्णय भएको छ,’ बैठकपछि प्रचार विभाग प्रमुख मीन विश्वकर्माले भने ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077