Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

इमरान खानलाई झड्का, निर्वाचन आयोगद्वारा उम्मेदवारी अस्वीकृत

एजेन्सी । पाकिस्तानको निर्वाचन आयोगले जेलमा रहेका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरिक–ए–इन्साफ (पीटीआई) पार्टीका प्रमुख इमरान खानको उम्मेदवारी रद्द गरेको छ ।

आयोगले पाकिस्तानमा आउँदो फेब्रुअरी ८ तारिखमा हुन लागेको संसदीय चुनावमा उम्मेदवार बन्न खान अयोग्य रहेको उल्लेख गर्दै उम्मेदवारी खारेज गरेको हो ।

खानसँगै पीटीआईका अन्य उम्मेदवारहरुको पनि उम्मेदवारी अस्वीकृत भएको पीटीआईका कराची अध्यक्ष खुर्रम शेर जमानले ट्वीटरमार्फत् जानकारी दिए ।

चुनावका लागि उम्मेदवारी दर्ता गर्ने हिजो अन्तिम दिन थियो । इमरान खानको उम्मेदवारी रद्द गरेको विरोधमा अदालत जाने पीटीआईले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077