Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

५ महिनामै नेपालीले चपाए झण्डै २७ करोडको चुइगम

काठमाडौं । चालू आर्थिक वर्षको ५ महिनामा नेपालले विदेशबाट २६ करोड ८२ लाख २९ हजार रुपैयाँको चुइगम आयात गरेको छ ।

भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि मंसिरसम्मको अवधिमा उक्त मूल्यको चुइगम आयात भएको हो ।

विभागले ७ लाख ४८ हजार किलोग्राम चुइगम भित्रिँदा २१ करोड ५७ लाख रुपैयाँ भन्सार राजश्व संकलन भएको जनाएको छ ।

गत आर्थिक वर्षको यहि अवधिमा २५ करोड ९३ लाख रुपैयाँको चुइगम आयात भएको तथ्यांक छ ।

यो चालू वर्षको तुलनामा कम हो । भारतबाट २५ करोड ८९ लाख रुपैयाँको चुइगम आयात भएको छ ।

यस्तै, अमेरिकबाट ८२ लाख २६ हजार रुपैयाँको आयात भएको छ । यस्तै, यसबाहेक अन्य दर्जन देशबाट समेत नेपालमा चुइगम भित्रिने गरेको छ । तर, न्यूनमात्रामा मात्रै भित्रने गरेको तथ्यांक छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077