Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री कप : सुदूरपश्चिमले दोस्रो एलिमिनेटर कोशीसँग खेल्ने

काठमाडौं । प्रधानमन्त्री कप महिला टी–२० क्रिकेटमा सुदूरपश्चिम प्रदेश दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ ।

बागमती प्रदेशमाथि ९ विकेटको जित निकाल्दै सुदूरपश्चिम प्रदेशले दोस्रो एलिमिनेटरमा कोशीसँग खेल्ने भएको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बागमतीले दिएको १०० रनको लक्ष्य सुदूरपश्चिमले १४.३ ओभरमा १ विकेट गुमाउँदै भेट्टायो ।

सुदुरपश्चिमको लागि ओपनरम बिन्दु रावलले ५४ रन, सम्झना खड्काले अविजित २१ र रुवी पोद्दारले १८ रन बनाए ।

बागमतीका लागि एक मात्र विकेट मनिषा उपाध्यायले लिइन् । टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले १९ ओभरमा अलआउट हुँदै ९९ रन बनाएको थियो ।

सुदूरपश्चिमकी कृष्मा थापाले सर्वाधिक ३ विकेट लिइन् । लक्ष्मी साउद र ऋतु कनौजियाले समान २/२ विकेट लिए ।

आइतबार नै भएको पहिलो खेलमा एपीएफले कोशीमाथि ५२ रनको जित निकाल्दै फाइनल पुगेको छ ।

फाइनल पुग्ने अर्को टिम कोशी र सुदूरपश्चिमबीचको खेलको बिजेता हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077