Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

नेताहरुको स्वार्थका कारण देशको अवस्था कमजोर बन्यो : चन्द्र भण्डारी

हेटौँडा । नेपाली कांग्रेसका नेता ड.चन्द्र भण्डारीले समाजको आवश्यकता अनुसारको विकास र सुशासन नेताहरुले दिन नसकेको बताएका छन्।

कांग्रेस मकवानपुरको संयोजनमा ४८ औं राष्ट्रिय एकता तथा मेलमिलाप गोष्ठीमा बोल्दै नेता भण्डारीले यस्तो बताएका हुन् ।

नेता भण्डारीले वर्तमान समयमा नेताहरुले राजनीतिका लागि राजनीति गरिरहेको बताए । विपीको नेतृत्वको पालामा जस्तो नेताहरुमा नैतिकता नरहेको उनको भनाई छ ।

नेता भण्डारीले ४ आना जग्गाको लागि र्याल काड्ने प्रवृत्तिका कारण देशको अवस्था कमजोर बन्दै गएको बताए ।

नेता भण्डारीले भने,‘राजनीतिका लागि मात्र राजनीति भइरहेको छ । नेताहरुले राजनीति छाडेर राष्ट्रनीति गर्नुपर्छ । अहिलेको नेताहरुलाई समाजले के खोजिरहेको छ भन्ने बारेमा थाहा नै छैन । विपीका समयमा नेताहरुमा अहिलेको जस्तो साँघुरो सोच थिएन । त्यस समयमा आफूसँग भएका स्रोतहरु देशका लागि खर्च गर्ने नेताहरु थिए । अहिलेको ४ आना जग्गाको लागि ¥याल काड्ने नेता त्यस समयमा थिएनन् । स्वार्थ र लोभका कारण देशको अवस्था कमजोर बनेको हो ।’

राजनीतिक दलका नेताहरुले पुरानो ढर्रा त्याग्नुपर्ने नेता भण्डारीको भनाई छ । पद र प्रतिष्ठाका लागि मात्र नेताहरुले लुछाचुँडी छाडेर देश विकासको गतिमा अघि बढाउन र युवाहरुलाई आशा जगाउने कामहरु गर्नुपर्नेमा उनले जोड दिए ।

समय र प्रविधिअनुसार सरकार र नेतृत्वकर्ताले काम गर्न नसक्दा युवाहरुमा चरम निराशा पैदा भएको उनले औल्याए । नेतृत्वको कमजोरीका कारण राजनीतिमा इमोशन दिन नसकेको उनको भनाई छ । नेपालको राजनीति नारायणगढ बुटवल खण्डको सडक जस्तै बनेको उनले टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077