Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

    सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

    अनलाइन नेपाल
  • सोमबार, १६ पुष २०८०
  • 441
    SHARES

    काठमाडौं । मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक केही बेरअघि सुरू भएको हो ।

    आजको बैठकले ललितपुरको बालकुमारीमा दुई युवाको ज्यान जाने गरी भएको घटनामा उच्चस्तरीय जाँचबुझ आयोग गठनको निर्णय गर्ने बताइएको छ।



    गत शुक्रबार इपिएस परीक्षा आवेदनसम्बन्धी विषयलाई लिएर भएको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा दुई युवकको मृत्यु भएको थियो।



    यो घटना छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्नेसम्बन्धी प्रस्ताव ल्याउन प्रधानमन्त्री प्रचण्डले गृहलाई निर्देशन दिएका थिए।

    बालकुमारी घटनामा दैलेखका २३ वर्षीय सुजन रावत र अछामका २२ वर्षीय वीरेन्द्र साहको मृत्यु भएको थियो । रावतको छातीमा डाम देखिएको थियो भने साहको गोली लागेर मृत्यु भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार