Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रधानमन्त्री प्रचण्डलाई विश्वप्रकाशको प्रश्न – आन्दोलनमा तपाईंको मन्त्री वार्ता गर्न जानु भएको हो ?

    प्रधानमन्त्री प्रचण्डलाई विश्वप्रकाशको प्रश्न – आन्दोलनमा तपाईंको मन्त्री वार्ता गर्न जानु भएको हो ?

    अनलाइन नेपाल
  • सोमबार, १६ पुष २०८०
  • 594
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बालकुमारी भएको युवाहरूको आन्दोलनको बिचमा नेपालका सरकारका मन्त्री किन पुगे भनेर प्रश्न गरेका छन् ।

    राष्ट्रिय एकता तथा मेलमिलाप दिवसमा आयोजित कार्यक्रममा बोल्दै महामन्त्री शर्माले यस्तो बताएका हुन् ।



    महामन्त्री शर्माले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यू, विद्यार्थीहरूले प्रदर्शन गर्दै गर्दा, ईपीएस परीक्षा हामीले दिन पाउनुपर्छ भनेर प्रदर्शन गर्दै गर्दा, झण्डा हल्लाउँदै तपाईंको एकजना मन्त्री वार्ता गर्न जानु भएको थियो ? के कार्यका लागि त्यो जरुरी थियो ?’



    आन्दोलनका बिचमा पुगेका भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालामाथि हातपात हुनुका साथै उनको गाडीमाथि आगजनी भएको थियो । आन्दोलनका क्रममा दुई जना युवकको मृत्यु समेत भएको थियो ।

    महामन्त्री शर्माले आफ्नो पार्टी सरकारमा सहकार्यमा रहेको बताउँदै राज्य सञ्चालनमा सरकारलाई अझ गम्भीर बनाउन जरुरी रहेको विषयमा जोड दिए ।

    उनले राज्य सञ्चालनको लागि र जनतामा वितृष्णा नहुने साझा दृष्टिकोणका लागि सबै दलहरूबिच सहकार्य जरुरी रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार