Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सम्पत्ति शुद्धीकरण मुद्दामा जयसवाललाई ८३ करोड जरिवाना

काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी एक मुद्दामा विशेष अदालतले ८३ करोड ३ लाख ३८ हजार ८५० रुपैयाँ जरिवानाको फैसला गरेको छ ।

प्रमोद कुमार जयसवाललाई विशेष अदालतले ८३ करोड ३ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको हो ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठसहितको इजलासले कसूर निर्धारण गर्दै जयसवाललाई ४१ करोड ५१ लाख ६९ हजार २ सय ७५ रुपैयाँ बिगो र बिगोको दोब्बर ८३ करोड ३ लाख ३८ हजार ८ सय ५० रुपैयाँ जरिवाना तिराउने फैसला गरेको छ ।

उक्त कसुरमा अर्का प्रतिवादी पप्पु ठाकुरलाई ३ करोड ६७ लाख १४ हजार रुपैयाँ बिगो, ७ करोड ३४ लाख २८ हजार जरिवाना र ५ वर्ष कैद हुने फैसला भएको छ ।

नक्कली कागजातका आधारमा फर्म खडा गरेर नेपाली रुपैयाँ विदेश लगेको आरोप उनीहरुमाथि थियो । सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ३०९१० अनुसार प्रतिवादी प्रमोद कुमार जयसवाललाई बिगो रहेको ४१ करोड ५१ लाख ६९ हजार २७५ रुपैयाँको दोब्बरले हुन आउने ८३ करोड ३ लाख ३८ हजार ८५० रुपैयाँ जरिवाना गरिएको हो ।

साथै उनलाई ८ वर्षको जेल सजायसमेत हुने फैसलामा उल्लेख छ । सोही मुद्दामा प्रतिवादी रहेका अर्का व्यक्ति पप्पु ठाकुरको बिगो ३ करोड ६७ लाख १४ हजार रुपैयाँ रहेकामा त्यति नै जरिवाना गरी कुल ७ करोड ३४ लाख २८ हजार रुपैयाँ जरिवानाको फैसला सुनाइएको छ ।

ठाकुरलाई ५ वर्षको जेल सजाय समेत तोकिएको छ । नक्कली कागजात खडा गरी कम्पनी दर्ता गरी नेपाली रुपैयाँलाई भारतीय रुपैयाँमा रुपान्तरण गरी सम्पत्ति शुद्धीकरण गरेको भन्दै उनीहरुमाथि मुद्दा चलेको थियो ।

उनीहरुले हुण्डीको समेत कारोबार गरेको उजुरी परेको भएपनि त्यस विषयमा भने प्रमाण नपुगेको भन्दै मुद्दा चलेको थिएन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077