काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बालकुमारी घटनामा सूचनाको अभावमा यातायातमन्त्री प्रकाश ज्वाला फस्न पुगेको टिप्पणी गरेका छन् ।
सोमबार राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसर पारेर नेपाली कांग्रेसले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले प्रष्टीकरण दिएका हुन् ।
अध्यक्ष नेपालले आफूहरूको केन्द्रीय कमिटीको बैठक बसे पनि भौतिक पूर्वाधार मन्त्री ज्वालाको कुनै संलग्नता नरहेको बताए ।
अध्यक्ष नेपालले घटनास्थल नजिकै पार्टी केन्द्रीय कमिटी बैठकबाट सरकारी कामको शिलाशिलामा बाहिर निस्किएका मन्त्री ज्वालाबारे अन्यथा टिप्पणी गरिरहन आवश्यकता नभएको पनि बताए ।
यस घटनाप्रति आफ्नो पार्टी गम्भीर रहेको भन्दै उनले जहाँबाट घटेको भए पनि छानबिन गरी दोषीलाई कारबाही गर्न आग्रह गरे।