Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

युरोप पठाइदिन्छु भन्दै १९ लाख ठगी गर्ने म्यानपावर सञ्चालक पक्राउ

काठमाडौं । युरोप पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना म्यानपावर सञ्चालक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मार्स म्यानपावरका सञ्चालक ४१ वर्षीय जयराम पौडेल रहेका छन् ।

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१ घर भएका पौडेलले पदमकुमार श्रेष्ठसहित २ जनालाई वैदेशिक रोजगारीका लागि युरोपमा प्रतिष्ठित कम्पनीमा राम्रो तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभन देखाएर ठगी गरेका थिए ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनले पीडितहरूबाट पटक–पटक गरी १९ लाख ६० हजार रुपैयाँ रकम लिएका थिए ।

उनलाई गत पुस १२ गते काठमाडौंको कोटेश्वरबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।

पौडेललाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077