Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

बसको ठक्करबाट विद्यार्थीको मृत्यु भएपछि स्थानीयले गरे तोडफोड

काठमाडौं । दाङमा बसको ठक्करबाट विद्यार्थीको मृत्यु भएको छ ।

घोराही–तुलसीपुर सडकखण्ड अन्तर्गत तुलसीपुरको दुधरासमा बसको ठक्करबाट तुलसीपुर १७ झिङ्गैका ७ वर्षीय सागर चौधरीको मृत्यु भएको हो ।

चौधरी दुघरास स्कुलमा कक्षा ३ मा अध्ययनरत थिए । स्कुलबाट घर फर्किने क्रममा बसले ठक्कर दिएको थियो ।

विद्यार्थी, अभिभावक तथा स्थानीयले नाराबाजीसहित ठक्कर दिने गाडी तोडफोड गरेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077