Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कुख्यात चरेश तस्करको सम्पत्ति जफत हुने

काठमाडौं । ४५ वर्षसम्म चरेश तस्करीमा संलग्न काठमाडौं सीतापाइलाका देवेन्द्र विक्रम रोका छपालीको सम्पत्ति जफत हुने भएको छ । सम्पत्ति शुद्धीकरणको कसुरमा सोमबार विशेष अदालतले उनलाई दोषी ठहर गरेको छ ।

एक करोड पाँच लाख ७२ हजार पाँच सय ५५ रुपैयाँ बिगो र उनको घरसहितको सम्पत्ति जफतको २०७७ को असोजमा मुद्दा दायर भएको थियो ।

उनको १३ वटा बैंक ६४ लाख ६६ हजार समेत जफतको दाबी गरिएकोमा विशेषले दोषी ठहर गरेपछि उनको सम्पत्ति जफतको बाटो खुलेको हो ।

विभागले उनकी श्रीमती चन्द्रा रोक्काविरुद्ध पनि सोही बिगो दाबी गरी मुद्दा दायर भएको थियो । लागूऔषध कारोबारमा उनका सहयोगीहरू गोविन्द कुमार छन्त्याल, मनजित घर्ती मगर, नागेन्द्र थापामगर, जम्वा भोटे, इन्द्रबहादुर थिङविरुद्व समेत सजाय भएको छ ।

२०६९ सालमा उनीहरू पनि देवेन्द्रसँगै पक्राउ परी दोषी भएर जेल भुक्तान गरी छुटेका थिए । प्रहरीका अनुसार देवेन्द्र २०३२ सालदेखि नै लागूऔषध कारोबारमा संलग्न हुँदै आएका छन् ।

बागलुङ स्थायी घर भएका उनी २०३८, २०४२ र २०६९ सालमा पक्राउ परेकोमा उनी तीनै पटक दोषी ठहर भएका थिए । २०६९ सालमा पक्राउ पर्दा उनले नेपालबाट भारत हुँदा क्यानडामा चरेश तस्करी गर्दै आएको खुलेको थियो ।

प्रारम्भिक छानबिनमा उनको करोडौँ सम्पत्ति भेटिए पनि विभागले चलखेलका आधारमा एक करोडको मात्र बिगो दाबी गरेको थियो । उनको सीतापाइलामा बंगला रहेको छ । विभिन्न ठाउँमा जग्गा खरिद गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077