Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ललितपुरमा सरुवा हुन एक दर्जन एसएसपीबीच प्रतिस्पर्धा

काठमाडौं । जिल्ला प्रहरी परिसर ललितपुरमा एसएसपी रिक्त भएको तीन दिन हुँदा पनि गृह मन्त्रालयले नयाँ एसएसपी पठाउन सकेको छैन । ललितपुरका लागि एक दर्जन एसएसपीहरू प्रतिस्पर्धामा छन् ।

ललितपुर जानका लागि तीव्र चलखेलकै कारण गृहले निर्णय गर्न नसकेको हो । कोही माओवादी त कोही कांग्रेस नेताहरूमार्फत ललितपुर जाने प्रयासमा छन् । सोमबार सरुवा गर्ने तयारी भएपनि सहमति हुन नसक्दा निर्णय भएन ।

एसएसपीहरू दिनेश आचार्य, शेखर खनाल, विश्व अधिकारी, राजेन्द्र भट्ट, ओम प्रसाद अधिकारी, सानुराम भट्टराई, प्रविण पोखरेल, मुकुन्द मरासिनी, रेवती ढकाल, दिपक रेग्मी मुख्य प्रतिस्पर्धामा छन् ।

उनीहरुमध्ये केहीले शक्तिकेन्द्रमार्फत दबाब दिइरहेको गृह मन्त्रालय स्रोत बताउँछ । एसएसपी इन्चार्ज बस्ने कार्यालय थोरै भएकाले पनि सरुवामा तीव्र चलखेल हुने गर्दछ ।

क्षमताका भन्दा शक्तिका आधारमा यसरी जिल्ला इन्चार्जको सरुवा हुने र उनीहरूले काम गर्न नसक्ने अवस्था हुन्छ । सरुवामा प्रहरी महानिरीक्षकलाई अधिकारविहीन बनाउँदा प्रहरी कमजोर बन्दै गएको छ ।

त्यहीकारण शुक्रबार ललितपुरमा त्यस्तो घटना भएको हो । तर, राजनीतिक नेतृत्वले पाठ सिकेको छैन । फेरि पनि चलखेलकै आधारमा पठाउन लागिएको छ ।

कमजोर कमाण्डकै कारण एसएसपी शिद्धिबिक्रम शाहलाई ललितपुरबाट शनिबार हटाइएको थियो भने डिएसपी उमेश लम्साललाई निलम्बन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077