Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान

काठमाडौं । परराष्ट्र मन्त्रालयअन्तर्गतको परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशक नियुक्तिका लागि आवेदन मा गरिएको छ ।

प्रतिष्ठानको कार्यकारी निर्देशक नियुक्तिका लागि गठित सिफारिस समितिले खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्तिका लागि मंगलबार दरखास्त आह्वान गरेको हो।

प्रतिष्ठानको कार्यकारी निर्देशकका लागि कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको, अन्तर्राष्ट्रिय कानुन, कूटनीति वा आर्थिक कूटनीतिक क्षेत्रमा कम्तीमा १० वर्ष काम गरेको, नेपालको परराष्ट्र नीति तथा मामिलामा विशेष योगदान दिएको र उच्च व्यवस्थापकीय पदमा कम्तीमा ५ वर्षको अनुभव भएका व्यक्तिले आवेदन दिन सक्ने समितिले जनाएको छ ।

खुला प्रति‚पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्ति गरिने भएकोले माघ २ गतेभित्र कार्यालय समयमा परराष्ट्र मन्त्रालयको सामान्य प्रशासन महाशाखामा गोप्य सिलबन्दी आवेदन दिन भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077