Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बझाङमा डोजर दुर्घटना हुँदा चालकको मृत्यु

बझाङ । बझाङमा डोजर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

जयपृथ्वी नगरपालिकाको सु.प.प्र. २४५३ नम्बरको डोजर दुर्घटना हुँदा बित्थडचौर गाउँपालिका–६ घर भएका ३० वर्षीय चालक प्रकाश कठायतको मृत्यु भएको हो ।

डोजर बसपार्कबाट जयपृथ्वी नगरपालिका कार्यालयतर्फ जाँदै गर्दा सडकबाट २० मिटर तल खसेको र चालक सिटमुनि च्यापिएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

अहिले मृतक कठायतको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ। दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077