Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जापान भूकम्प : मृतकको संख्या ३० पुग्यो

एजेन्सी । जापानको इशिखावा प्रिफेक्चरमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ३० पुगेको छ ।

भूकम्पले सबै भन्दा बढी क्षति पुर्‍याएको इशिखावा प्रिफेक्चरमा मात्रै ३० जनाको मृत्यु भएको हो ।

सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार वाजिमा शहरमा १५ जना, सुजु शहरमा ६, नानाओ शहरमा ५, अनामिजु शहरमा २, हाकुई शहर र शिगा टाउनमा १-१ गरी ३० जनाको मृत्यु भएको छ ।

आज बिहान पनि ५.६ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्प र सुनामीका कारण घाइतेको संख्या अहिलेसम्म यकिन छैन ।

सोमबार जापानमा ७.६ म्याग्निच्युडको भूकम्प गएपछि प्रशासनले सुनामीको चेतावनी जारी गर्दै तटीय क्षेत्रबाट मानिसहरूलाई बाहिर निस्कन आग्रह गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077