Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

वन मन्त्रालयमै अनसन बस्ने कांग्रेस सांसद खड्काको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका सांसद दीपक खड्काले वन तथा वातावरण मन्त्रीको कार्यकक्षमै अनशन बस्ने चेतावनी दिएका छन्।

आफ्नो लगानीमा खुल्न लागेको रिसार्टलाई अनुमति नदिएर सरकारी निकायले दुःख दिएको भन्दै सांसद खड्काले अनशन बस्ने चेतावनी दिएका हुन्।

बुढानीलकण्ठमा निर्माणा गरिएको ‘होटल फरेस्ट इन’सम्बन्धी फाइल अगाडि नबढेपछि उनी आक्रोशित बन्दै मन्त्रालय पुगेका थिए ।

वन तथा वातावरणमन्त्री मन्त्री वीरेन्द्र महतोको कार्यकक्षमै पत्रकार सम्मेलन गरी खड्काले मन्त्रीको कोठाभित्रै अनशन बस्ने चेतावनी दिए ।

संखुवासभाबाट प्रत्यक्ष निर्वाचित सांसद खड्काको लगानी रहेको उक्त होटल वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) नगरी बनाइएको भन्दै वन मन्त्रालयले ५ लाख रुपैयाँ जरिवाना गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077