Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चोरीका सामानसहित ग्वार्कोबाट दुई जना पक्राउ

काठमाडौं । चोरीका सामानसहित दुई जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ४२ वर्षीय भुवन श्रेष्ठ र ५६ वर्षीय राजकुमार विश्वकर्मा रहेका छन् ।  उनीहरूको साथबाट एउटा स्कुटर,स्वरुप परिवर्तन गरिएको ७५ लाल सुन, जिम गर्ने पाँचवटा डोरी र केही कपडा बरामद भएको छ।

प्रहरीका अनुसार पक्राउ परेका श्रेष्ठले ललितपुरको ग्वार्को मिनी मार्केट नजिकै डेरा गरी बस्ने २७ वर्षीया सुमिता तामाङको डेराबाट गत मंसिर १८ गते नगद,गरगहना तथा महत्वपूर्ण काजगपत्र चोरी गरी फरार रहेका थिए।

सीसीटीभी फुटेज तथा प्राविधिक अनुसन्धानका क्रममा चोरी गरेको पुष्टि हुन आएकाले श्रेष्ठलाई चोरीका सामानसहित प्रकाउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

यसैगरी चोरीको विगो लिनेखाने तथा मास्ने कार्यमा संलग्न रहेको आरोपमा बाफलस्थित सुनचाँदी व्यवसायी विश्वकर्मालाई समेत पक्राउ गरेको प्रहरी जनाएको छ।

प्रहरीका अनुसार उनीहरूलाई बरामद सामानसहित आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077