Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

वैदेशिक रोजगारीमा पठाउँछु भन्दै १० करोड ठगी, मेनपावर सञ्चालक पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै १० करोडभन्दा बढी ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सी स्टार ट्रेनिङ सेन्टरका सञ्चालक लालबहादुर लामालाई पक्राउ गरेको हो ।

उनले बेरोजगार युवाहरुलाई वैदेशिक रोजगारीमा लिथोनिया, क्यानडा, सिंगापुर जस्ता मुलुकमा पठाउने भन्दै १० करोड रुपैयाँभन्दा बढी उठाएर ठगी गरको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

लामाले प्रतिव्यक्ति पाँच लाख रुपैयाँदेखि १५ लाख रुपैयाँसम्म लिएर ठगी गरेको पाइएको छ। करोडौ रुपैयाँ लिएर पनि विदेश नपठाएपछि पीडितहरुले वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए।

पीडितहरुले दिएको उजुरीका आधरमा उनलाई मंगलबार दिउँसो काठमाडौंको शंखरापुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनको मेनपावरबाट ९९७ थान राहदानीसमेत बरामद भएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ । लामालाई कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077