Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

धनगढीमा माघ १ गतेबाट सूर्तीजन्य पदार्थ बिक्री वितरण गर्न नपाइने

कैलाली । धनगढी उपमहानगरपालिकाले आउँदो माघ १ गतेबाट नगर क्षेत्रभित्र सूर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाएको छ ।

उपमहानगरपालिकाले मंगलबार सूचना जारी गर्दै नगर क्षेत्रमा सूर्तीजन्य पदार्थ बिक्री, वितरणमा रोक लगाउने जनाएको हो ।

चुरोट, बिँडी, गुट्खा, तमाखु, सुल्फा, कक्कड, कच्चा सूर्ती, गुट्खा, खैनीसहित सूर्तीजन्य पदार्थहरु बिक्री वितरण गर्न नपाइने प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठद्वारा जारी सूचनामा उल्लेख छ। यस्ता वस्तु बिक्री वितरण गरेको पाइएमा कानुन बमोजिम कारबाही गरिने जनाइएको छ।

यसअघि, धनगढी उपमहानगरपालिकाको स्वास्थ्य ऐन २०७७ को दफा ३० (१) मा सूर्ती तथा मदिराजन्य पदार्थ बिक्री विरणको लागि धनगढी उपमहानगरपालिकाबाट छुट्टै स्वीकृति लिनु पर्ने व्यवस्था गरिएको थियो।

सोही ऐनको दफा ३० (२) मा खाद्य पदार्थ बिक्री गर्ने पसलमा सूर्ती तथा मदिराजन्य पदार्थ बिक्री वितरण गर्न बन्देज लगाइने छ भनिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077