Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अमेरिकाबाट 'पार्सल' आएको गाँजासहित तीनजना प्रहरी फन्दामा

पर्सा । अमेरिकाबाट 'पार्सल' आएको गाँजासहित तीनजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १ तोलशिववारी बस्ने २२ वर्षीय नैमोदिन मियाँ, छपकैया बस्ने २७ वर्षीय जितेन्द्र साह सोनार र २२ वर्षीय कृष्ण सराफ रहेका छन् ।

लागुऔषध ब्युरो वीरगन्ज र जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले गाँजासहित उनीहरूलाई बाराको कलैया उपमहानगरपालिका-१ मोतीबागस्थित रहेको हुलाक कार्यालय नजिकबाट नियन्त्रणमा लिएको हो ।

उनीहरूको साथबाट १ किलो १४६ ग्राम गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । अमेरिकाबाट पार्सलका रूपमा लागुऔषध आएको प्रहरीले सूचना पाएको थियो ।

पक्राउ परको तीनै जना विरूद्ध लागुऔषध मुद्दा दर्ता गरी बारा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077