Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

आज दुई संसदीय समितिको बैठक बस्दै, के-के छन् एजेण्डा ?

काठमाडौं । संघीय संसद्अन्तर्गतका दुईवटा समितिको बैठक बुधबार बस्दैछ ।

कानून, न्याय तथा मानव अधिकार समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्न लागेको हो।

बिहान साढे ११ बजे सिहंदरबारमा बस्ने कानून, न्याय तथा मानवअधिकार समितीको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, उद्योग मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग सम्बन्धित संशोधन प्रस्तावकर्ता सदस्यहरूसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

बिहान ११ बजे नै बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा नेपाल शिक्षक महासंघसँग भएको सहमति अनुसार विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुने संसद् सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077