Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री कपको फाइनलमा अप्सरीको ह्याट्रिक

काठमाडौं । नेपाल एपीएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा कोशी प्रदेशलाई १ सय १५ रनको लक्ष्य दिएको छ।

टस जितेको एपीएफले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय १४ रन बनाएको हो।

प्रतियोगिताको उपाधि भिडन्तमा बेगमले एपिएफविरूद्ध अन्तिम ओभरको पहिलो तीन बलमा लगातार विकेट लिएर ह्याट्रिक गरिन्।

उनले २०औं ओभरको पहिलो बलमा एपिएफका लागि अर्धशतक बनाएर खेलिरहेकी इन्दू बर्मालाई नमिता श्रेष्ठबाट क्याच गराइन्।

दोस्रो बलमा नेरी थापालाई विकेटकिपर काजल श्रेष्ठबाट स्टमपिन गराउदा तेस्रो बलमा सोनु खड्कालाई बोल्ड गरिन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077