Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शिक्षा क्षेत्र सुधारको माग गर्दै मन्त्री राईलाई नेविसंघको ज्ञापनपत्र

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले विश्वविद्यालयहरुमा भइरहेको राजनीतिकरण अन्त्य गर्न माग गर्दै शिक्षामन्त्री अशोक राईलाई ज्ञापनपत्र बुझाएको छ।

नेविसंघका नेता कार्यकर्ताहरुले विश्वविद्यालयमा दलीयकरणको अन्त्य तथा खुल्ला प्रतिस्पर्धावाट मेरिटोक्रेसी र प्राज्ञिक दक्षताका आधारमा पदाधिकारी नियुक्तसहित समग्र शिक्षा क्षेत्रको सुधार गर्न माग गर्दै मन्त्री राईलाई ज्ञापनपत्र बुझाएका हुन् ।

नेविसंघको ज्ञापनपत्रमा त्रिविलगायत देशभरका विश्वविद्यालयहरुमा भइरहेको लापरबाही, अनियमितता र भ्रष्टाचार नियन्त्रण गर्न छानबिन समिति गठनको माग समेत गरिएको छ ।

साथै उनीहरूले संघीय शिक्षा विधेयक संसदबाट छिटो पास गर्न पनि ध्यानाकर्षण गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077