Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कतार पठाइदिन्छु भन्दै झण्डै तीन ठगी, गोठाटारबाट भाष्कर पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि कतार पठाइदिने भन्दै झण्डै तीन लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१ घर भई हाल काठमाडौंको कागेश्वरी मनोहरा –९ गोठाटार बस्ने वर्ष २२ को कैलाश गिरी रहेका छन्।

गिरीले भाष्कर दत्त भट्टलाई वैदेशिक रोजगारीको लागि कतार पठाईदिने र त्यसको लागि तीन लाख रुपैयाँ लाग्छ, कतार पुगेपछि ड्राइभरको काम लगाइदिन्छु, मासिक ८० हजार रुपैयाँ भन्दाधेरै तलव हुन्छ भनी प्रलोभनमा पारी भट्टबाट २ लाख ९४ हजार रुपैयाँ रकम लिएका थिए।

रकम लिई सम्पर्कविहीन भएका गिरीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पुस १७ गते गोठाटारबाट पक्राउ गरेको हो।

उनीमाथि थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077