Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रोमानिया पठाइदिन्छु भन्दै साढे २१ लाख ठगी गर्ने बुढाथोकी पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले रोमानिया पठाइदिन्छु ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दोलखा मेलुङ गाउँपालिका– २ घर भई काठमाडौं महानगरपालिका– २४ बाङ्गेमुढा बस्ने ५० वर्षीय ढालबहादुर बुढाथोकी रहेका छन् ।

बुढाथोकी समेतले १४ जनालाई वैदेशिक रोजगारीका लागि रोमानिया पठाइ फूड प्याकिङमा मासिक १ लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट २१ लाख ३६ हजार रूपैयाँ ठगी गरेको प्रहरीको आरोप छ ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मीनभवनबाट खटिएको टोलीले उनलाई काठमाडौं महानगरपालिका–२५ असनबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077