Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सत्ता गठबन्धनको बैठकलगत्तै बालुवाटार पुगे एमाले अध्यक्ष ओली

काठमाडौं । राष्ट्रियसभा निर्वाचनको सिट बाँडफाँडको विषयमा छलफल गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सिट भागबण्डाको विषयमा छलफल गर्न ओली बालुवाटार पुगेका हुन्।

राष्ट्रियसभाको सीट भागबन्डाको लागि बसेको सत्ता गठबन्धनको बैठक सकिएको छ । बैठक सकिएलगत्तै एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार छिरेका छन्।

हिजो र आज बसेको कांग्रेस र माओवादीबीचको छलफलमा राष्ट्रिसयभामा एमालेलाई पनि समेट्नेबारे छलफल भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनमा रहेका माओवादी केन्द्र, नेपाली कांग्रेस, जसपा र नेकपा एकीकृत समाजवादीको बैठकलगत्तै एमाले अध्यक्षसहितका नेताहरु बालुवाटार पुगेपछि संयुक्त बैठक बस्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077