Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • गगन थापाको आरोप – देश प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरूको नियन्त्रणमा छ

    गगन थापाको आरोप – देश प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरूको नियन्त्रणमा छ

    अनलाइन नेपाल
  • बुधबार, १८ पुष २०८०
  • 609
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालको राजनीति नै प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरूको नियन्त्रणमा रहेको आरोप लगाएका छन् ।

    पूर्वकर्मचारी समाज नेपालले बुधबार काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै थापाले यस्तो आरोप लगाएका हुन् । उनले यति धेरै पूर्वप्रधानमन्त्रीहरू राजनीतिमा क्रियाशील भएको अन्य मुलुकमा आफूले नदेखेको बताए ।



    उनले देशमा संविधान बनेर आवधिक निर्वाचनहरु हुन थाल्नु सकारात्मक कुरा भएपनि अर्थतन्त्रमा र शासकहरुको प्रवृत्तिमा भने सुधार हुन नसकेको बताए ।



    पूर्वप्रधानमन्त्रीहरुलाई विस्थापन गर्ने प्रयास सुरु भएको महामन्त्री थापाको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार