Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गोली हानी हत्या गरेको आरोपमा श्रीमान–श्रीमतीसहित चारजना पक्राउ

दाङ । दाङमा कोइलाखानीमा शव फेला परेका शिवराज केसीको हत्या आरोपमा श्रीमान श्रीमतीसहित चारजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बंगलाचुली गाउँपालिका–४ गदारीका ४३ वर्षका शेरबहादुर कुँवर, उनकी ३५ वर्षकी श्रीमती दीपा कुँवर, दीपाका भाइ २९ वर्षका तिलक पुन र बंगलाचुली गाउँपालिका–१ का मेघराज कुँवर रहेका छन् ।

पुस १३ गते कोइलाखानीको सुरुङभित्र घेराही उपमहानगरपालिका–६ अघराका ४५ वर्षका केसीको शव फेला परेको थियो ।कुँवर दम्पतीले भेट्न बोलाएर केसीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

पूर्वयोजना अनुसार मृतक केसीलाई दीपाले ८ पुसमा बंगलाचुलीको गदारीमा भेट्न बोलाएकी थिइन् । त्यसपछि कुँवर दम्पतीले केसीलाई बन्धक बनाएका थिए ।

उनीहरुले केसीसँग दुई कट्ठा जग्गा माग्दै ब्ल्याकमेलिङ गरेको पाइएको प्रहरीले जनाएको छ । जग्गा नदिएपछि गोली हानी हत्या गरेको अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077