Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • गुणस्तरीय विद्यार्थीको पर्खाइमा विश्वविद्यालय

    गुणस्तरीय विद्यार्थीको पर्खाइमा विश्वविद्यालय

    अनलाइन नेपाल
  • बिहिबार, १९ पुष २०८०
  • 312
    SHARES

    काठमाडौं । जनसंख्या, केन्द्रीय विभाग कीर्तिपुरमा गत शैक्षिकसत्रमा स्नातकोत्तर तहमा आठजना विद्यार्थी भर्ना भए। तर, परीक्षामा सहभागी हुने समयसम्म पाँच मात्र छन्।

    जनसंख्या अध्ययन बहुआयामिक विषय भएकाले विगतमा विद्यार्थीको आकर्षण निकै थियो। सिट नपाएर भर्ना हुनै मुस्किल भएपछि विश्वविद्यालयले यो विषयको पठनपाठनका लागि मुलुकभर नौवटा कलेज थप गर्‍यो।



    जनसंख्या अध्ययन गराउने कलेज थपेपछि विद्यार्थी संख्या भने घट्दै गयो। यही कारणले अब नयाँ शैक्षिक सत्रका लागि जनसंख्या अध्ययन केन्द्रीय विभाग कीर्तिपुरले आकर्षण योजना अघि सारेको छ।



    विभागले मंगलबार पत्रकार सम्मेलन गरी विभाग प्रमुख योगेन्द्रबहादुर गुरुङले सन् २०२३/२४ देखि २०२४/२५ सत्रको नयाँ भर्नाका लागि मेरिट र कक्षा क्रियाशीलताका आधारमा पाँचजना विद्यार्थीलाई छात्रावृत्तिको व्यवस्थाका साथै अब आयोजना हुने अन्तर्राष्ट्रिय जनसंख्या सम्मेलन तथा राष्ट्रिय तथ्यांक कार्यालयसँग समझदारी भई जनगणनाका तथ्यांकहरुको आधारमा तयार हुँदै गरेका ‘थिम्याटिक रिपोर्ट’ मा इन्टर्नसिपको व्यवस्था गरिएको बताए।

    यति मात्र होइन अब भर्ना हुने विद्यार्थीका लागि प्राध्यापकको पलहमा गरिने अध्ययन अनुसन्धानमा रिसर्च असिस्टेन्टको रुपमा कार्य गर्ने अवसर र जनसंख्या अध्ययन अनुसन्धान गर्न आवश्यक पर्ने कम्प्युटर सफ्टवेयर सिक्ने विशेष अवसर दिने व्यवस्था विभागले गरेको छ। नागरिक दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार