Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ट्रेलरमा यस्तो देखियो ‘चित्रा’ (भिडिओ)

काठमाडौं । फिल्म ‘चित्रा’को ट्रेलर सार्वजनिक भएको छ । घनश्याम लामिछाने निर्देशित फिल्म पारिवारिक सम्बन्धमा आउने उतारचढाव र बदलाको कथामा आधारित छ ।

३ मिनेट लामो ट्रेलरले कथावस्तुको घुम्ती, चरित्र चित्रण र पात्र स्थापनाबारे प्रकाश पार्छ । ‘धौली’ र ‘पञ्चेबाजा’जस्ता ग्रामिण जीवनका कथावस्तुमा फिल्म बनाएका घनश्याम लामिछानेले यसमा पनि गाउँ र सम्बन्धलाई उधिन्ने प्रयत्न गरेका छन् ।

मानवीय सम्बन्ध उनको कथाको केन्द्रमा देखिन्छ । अन्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्वल ढकाल, दिपेश गजुरेल लगायतका सहायक कलाकार पनि यसमा देखिन्छन् ।

निर्माता आशिष थापा हुन् भने अधिकारी कार्यकारी निर्मातामा छन् । अजय अधिकारीको कथा र मनिष गौतमको पटकथा रहेको फिल्ममा राजनराज शिवाकोटीको संगीत छ ।

सन्तोष अधिकारी फिल्म्स, अस्याप इन्टरटेन्मेन्ट नेपाल र अस्ट्रेलियाको निर्माणमा फिल्म तयार भएको हो । फिल्म पुस २७ गते देशब्यापी प्रदर्शन तयारीमा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077