Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थप चार ‘एक्सरे मेसिन’ जडान

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा थप चार एक्सरे मेसिन जडान गरिएको छ ।

विमानस्थलमा यात्रु जाँचपासका लागि थप चार एक्सरे मेसिन जडान गरिएको हो । ती एक्सरे मेसिन जडानसँगै अब जाँचपास १० मिनेटमा हुने जनाइएको छ।

विमानस्थल भन्सार कार्यालयका अनुसार विगतका समयमा दुई मात्रै एक्सरे मेसिनबाट जाँचपास हुँदै आएकामा आजदेखि थप चारवटा एक्सरे मेसिन जडान गरी जाँचपास गर्न सुरु गरिएको हो।

नेपाल होटेल तथा पर्यटन प्रशिक्षण प्रतिष्ठान (नाथम) कलेजसँग सम्झौता गरेर १५ विद्यार्थीलाई विमानस्थल भन्सार कार्यालयको यात्रु जाँचपासमा तीन ‘सिफ्ट’मा गरी काममा खटाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077