Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

ज्यान मार्ने धम्की दिएर ५० लाख रुपैयाँसम्म असुल्न खोज्ने श्रीभगवान पक्राउ

रौतहट । रौतहट प्रहरीले फतुवा बिजयपुरबाट ज्यान मार्ने धम्की दिएर रकम असुली गर्न खोज्ने एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले फतुवाबिजयपुर–८ का ३५ बर्षिय श्रीभगवान साहलाई पक्राउ गरेको हो । बुधबार राति पक्राउ परेका साहलाई जिल्ला प्रहरी कार्यालय रौतहटले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

पुस १० गतेदेखि ९८०१५७७५१० फोन नम्बरबाट एक जना व्यापारीलाई पटक–पटक फोन गरी व्यापारी र उनका छोराछोरीलाई धम्की दिएर पाँच लाखदेखि ५० लाखसम्म रकम माग गरिएको थियो ।

अनुसन्धानका क्रममा उक्त मोबाइल नम्बर प्रयोगकर्ता श्रीभगवान साह रहेको खुलेपछि उनलाई पक्राउ गरिएको हो।

पक्राउ परेका उनीविरुद्ध आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाई यस प्रकरणमा संलग्न अन्य व्यक्तिहरुको समेत पहिचान भएकाले उनीहरुको खोजी भइरहेको रौतहट प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077