Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

त्रिविको उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को उपकुलपतिका लागि दरखास्त आह्वान गरिएको छ । त्रिविको उपकुलपति नियुक्तिका लागि नाम सिफारिसका गर्न गठित छनोट तथा सिफारिस समितिले शुक्रबार एक सूचना गरी गर्दै उपकुलपतिका लागि दरखास्त आह्वान गरेको हो ।

कुलपतिबाट रिक्त उपकुलपति नियुक्त गर्न त्रिभुवन विश्वविद्यालय ऐन २०४९ को दफा १८ को उपदफा (२) अनुसार गठित सिफारिस समितिबाट स्वीकृत कार्यविधि २०८० अनुसार योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट दश दिनभित्र दरखास्त पेस गर्न सूचनामा भनिएको छ ।

सिंहदरवारमा रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा कार्यालय समयभित्र दरखास्त पेस गर्नुपर्ने छ । दरखास्तमा शैक्षिक, वैयक्तिक विवरणसहित सोचपत्र, चार वर्षे व्यावसायिक कार्ययोजना बुझाउनुपर्ने छ ।

आवेदन परेकामध्येबाट समितिले गरेको सिफारिसका आधारमा मन्त्रिपरिषद्ले त्रिविको उपकुलपति नियुक्त गर्नेछ।

यस पटक प्रतिस्पर्धाबाट त्रिविको उपकुलपति नियुक्त गर्न लागिएको हो । त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले मेरिटका आधारमा उपकुलपति नियुक्त गर्ने र विश्वविद्यालयमा दलीय भागबन्डा नगर्ने प्रतिबद्धता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077