Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन

काठमाडौं । सत्तासाझेदार नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघले प्रधानमन्त्रीको राजीनामा माग्दै प्रदर्शन गरेको छ।

सरकारको विरोधमा सिंहदरबारदेखि बालुवाटारसम्म मार्चपास गरेको हो ।

प्रचण्ड सरकारले राज्य आतंक सिर्जना गरेको नेविसंघको आरोप छ ।

कांग्रेसकै समर्थनमा प्रधानमन्त्री भएका प्रचण्ड नेतृत्वको सरकारको विरोधमा नेविसंघ सडकमा उत्रिएको छ ।

प्रचण्ड नेतृत्वको गठबन्धन सरकारमा कांग्रेसका ९ जना मन्त्री छन् ।

'राज्य आतंकविरुद्ध नेविसंघको मार्चपास' लेखिएको ब्यानरमा 'युवालाई गोली होइन, रोजगार दे' भन्ने नारा समेत उल्लेख छ ।

प्रदर्शनकारीले सुन काण्डका नाइके कहाँ छन् ? खुला वैदेशिक हस्तक्षेप बन्द गर, स्टप करप्सन लगायत नारा लेखिएको प्लेकार्ड बोकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077