Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मलेसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दिलीप पक्राउ

काठमाडौं । मलेसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बारा घर भई जडीबुटी बस्ने २९ वर्षीय दिलीप शाह रहेका छन् ।

शाहलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले सिनामंगलबाट पक्राउ गरेको हो।

शाहले संजय शाह समेतलाई वैदेशिक रोजगारीको लागि मलेसिया पठाइदिने र प्रतिव्यक्ति २ लाख २० हजार रुपैयाँ लाग्ने भन्दै ठगी गरेका थिए ।

शाहले मलेसिया पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिने र मासिक ६० हजार रुपैयाँ कमाई हुने भन्दै १ लाख १० हजार ५ सय रुपैयाँ लिई ठगी गरेका थिए ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077