Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सर्लाहीको बरहथवामा कर्फ्यू जारी

सर्लाही । जिल्ला प्रशासन कार्यालय सर्लाहीले बरहथवा नगरपालिका क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।

शुक्रबार अपराह्न प्राथमिक अस्पताललाई प्रादेशिक अस्पताल बनाउने विषयमा प्रदर्शन उग्र बनेपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो ।

नगर अस्पतालको विषयमा विवाद हुँदा एक जनाको ज्यान गएको र तनाव बढ्दै गएकोले आज बेलुका साढे ५ बजेदेखि भोलि शनिवार बिहान ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिए ।

बरहथवा नगरपालिकामा नगर अस्पताल सञ्चालनको विषयमा झडप हुँदा आज दिउँसो बरहथवा नगरपालिका–६ का जयशंकर साहको ज्यान गएको थियो ।

अस्पतालको भवन स्वामित्वको विषयमा असन्तुष्ट स्थानीयले नगरपालिका कार्यालय घेराउ गरेपछि प्रहरीले रोकेको थियो । स्थानीयलाई प्रहरीले रोकेपछि झडप भएको हो । बरहथवा क्षेत्रको अवस्था अहिले पनि तनावग्रस्त रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077