Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ललितपुर प्रहरी प्रमुखमा एसएसपी शेखर खनाल

काठमाडौं । जिल्ला प्रहरी परिसर ललितपुरको प्रहरी प्रमुखको जिम्मेवारी एसएसपी शेखर खनालले पाएका छन् ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठले खनाललाई ललितपुरमा काज सरुवा गर्ने निर्णय गरेका हुन् ।

गत शुक्रबार ललितपुरको बालकुमारीमा २ जनाको ज्यान जाने गरी भएको घटनाका कारण एसएसपी सिद्धिविक्रम शाहलाई प्रहरी प्रधान कार्यालय फिर्ता गरिएको थियो ।

उनको स्थानमा एक सातापछि एसएसपी खनाललाई पठाइएको हो।

खनाल प्रहरी प्रधान कार्यालयमा कार्यरत थिए । खनाल इमान्दार अफिसरका रुपमा चिनिन्छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077